ad ad

खेल


प्रदेश १ विरुद्ध पुलिसको फराकिलो जित

प्रदेश १ विरुद्ध पुलिसको फराकिलो जित

नेपालखबर
असोज २६, २०७९ बुधबार १२:१७, काठमाडौँ

सम्झना बुढाथोकीको अर्धशतकमा नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

विभागीय नेपाल पुलिस क्ललबे प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यससँगै ४ अंकका साथ पुलिस तालिकाको शीर्ष स्थानमा छ। 

पुलिस क्लबले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र बनाउन सक्यो।
 प्रदेश १ का लागि लकिता राजवंशीले जोडेको ११ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। अलिसा कठायत १ र निरा राजवंशी शुन्य रनमा नटआउट रहे।

प्रदेश १ लाई सस्तैमा रोक्न पुलिस क्लबकी हिरणमय राय एक्लैले ३ विकेट लिइन्। किफायती बलिङ गरेकी उनले ३ ओभरमा १ मेडन राख्दै ५ रन मात्र दिईन्। कविता कुवँर र कविता जोशीले समान एक विकेट झारिन्। 

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।  पुलिसले जारी प्रतियोगिता कै सर्वाधिक योगफल तयार पारेको हो। 

पुलिसका लागि सम्झनाले सर्वाधिक ६० रनको योगदान दिइन्। सम्झनाले नवौँ खेलकुद प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेकी हुन्। उनले ३९ बलमा ८ चौका हान्दै प्रतियोगिता कै अर्धशतक पुरा गरिन्। ४३ बलको सामना गरेकी सम्झनाले १० चौका हान्दै ६० रनमा पवेलिएन फर्किइन्। 

उनले तेस्रो विकेटका लागि सम्झना र अप्सरी बेगमले ४२ रनको साझेदारी गरे। दोस्रो विकेटका लागि कविता कुवँर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे। कविताले ३८ बलमा ३ चौका र १ छक्का मद्धतमा ३७ रन जोडिन्। अप्सरी वेगमले २१ र कप्तान रुविना क्षत्री १६ रनमा नटआउट रहे। अप्सरीले २० बलमा २ चौका र रुविनाले १४ बलमा २ चौका प्रहार गरे। 

प्रदेश १ की निशा शाहले १ विकेट लिइन्। 

आजै हुने दोस्रो खेलमा लुम्बिनी र कर्णाली प्रदेश भिड्नेछन्। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .