गत शुक्रबारबाट रिलिज भएको सिनेमा ‘२ नम्बरी’ले प्रदर्शनको पहिलो साता नै राम्रो कलेक्सन गर्न सफल भउको छ।
रिलिजको पाँचौ दिन पनि राम्रो व्यापार गरिरहेको यो फिल्मको अकुपेन्सी देशभरका मल्टिप्लेक्समा उच्च देखिएको छ।
फिल्मका निर्माता किरण नेपालीले फिल्मले लगानी उठाएर नाफा गर्न सुरु गरेको बताएका छन्। फिल्मले राम्रो मुनाफा कमाउने देखेपछि निर्माण टिमले पर्दापछाडि बसेर दुःख गर्ने प्राविधिकलाई बोनस दिने भएको छ।
निर्माता नेपाली भन्छन् ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ।’
बोनस कचि दिने भन्ने एकिन भने भैनसकेको नेपाली बताउँछन्। फिल्मले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए।
159
Shares
प्रतिक्रिया