ad ad

खेल


रोनाल्डोलाई उछिन्दै मेस्सी बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

रोनाल्डोलाई उछिन्दै मेस्सी बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
मंसिर १६, २०७६ सोमबार २३:५८,

बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले छैटौं पटक विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड जितेका छन्।

यसअघि यो अवार्ड यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र मेस्सीले ५-५ पटक जितेका थिए। यो अवार्डसँगै रोनाल्डोलाई उछिन्दै मेस्सी विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। 

३२ वर्षे अर्जेन्टिनी खेलाडी मेस्सीले २०१५ पछि पहिलो पटक सोमबार राति यो प्रतिष्ठित अवार्ड हात पारेका हुन्। २०१८-१९ को सिजनमा देश र क्लबका लागि ५४ गोल गरेपछि उनी यो अवार्डको हकदार भएका हुन्। गतवर्ष उनले बार्सालाई ला लिगा च्याम्पियन समेत बनाएका थिए।

यो पनि:गुरुको स्वर्ण इतिहास दोहोर्‍याउने चेला

'आज छैटौं अवार्ड भयो। निकै फरक अनुभुति भइरहेको छ। मेरी श्रीमतिले सपना देख्न कहिले नछाड भन्छिन तर त्यसका लागि मैले सधैँ आफूलाई इप्रुभ गर्न कडा मेहनत र त्यसमा इन्ज्वाय गर्नुपर्छ। म आशा गर्छु फुटबललाई लामो समय निरन्तरता दिन सकुँ,' अवार्डपछि मेस्सीले भने।

अर्जेन्टिनाका फरवार्ड मेस्सीले भर्खरै बार्साका लागि ७०० क्याप जितेका थिए। उक्त खेल संख्यामा उनले अविश्वसनीय ६१४ गोल गरेका छन्। बार्सामा उनले ३४ उपाधि जितिसकेँ। त्यसमा १० ला लिगाका उपाधि, चारपटक च्याम्पियन्स लिगका उपाधि समावेश छन्।

लिभरपुलका भिर्गिल भान डाइकले यस अवार्डका लागि मेस्सीपछि सर्वाधिक दोस्रो र यूभेन्ट्सका रोनाल्डोले तेस्रो मत पाए। 

महिला तर्फ अमेरिकाकी मेगन रापिनोले बालोन डी ओर पाइन। उनले यसैवर्ष भएको महिला विश्वकपमा गोल्डन बल समेत पाएकी थिइन्।

लिभरपुलका गोलकिपर आलिसनले उत्कृष्ट गोल किपरको अवार्ड पाए। उत्कृष्ट यू-२१ खेलाडीको अवार्ड यूभेन्ट्सका मिथ्थिज डी लिफ्टले पाए। यस सिजनमा यूभेन्ट्ससँग आवद्ध भएका उनले गतसिजनमा आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउँदै सनसनी मच्चाएका थिए।

यसवर्ष मेस्सीले जितेसँगै पछिल्लो ११ वर्षमा ला लिगाका खेलाडीहरुले लगातार बालोन डी ओर अवार्ड जित्ने कीर्तिमान कायम राखेका छन। गतवर्ष रियल मड्रिडका लुका मोड्रिजले जित्नुअघि लगातार मेस्सी र रोनाल्डोले १० वर्ष यो अवार्ड जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .