ad ad

छापा खबर


प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने तयारी

प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने तयारी

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ०:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।

डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक र नेकपाका नेताबीच छुट्ट छुट्टै छलफल भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलाइसिस गरिएको छ। नेकपाका एक सचिवालय सदस्यले ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए।

‘अमेरिका नै लैजाने कि त्यहाँका चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .