ad ad

खेल


बार्सा आउन मेस्सीले नेमारलाई यसरी फकाएका थिए

बार्सा आउन मेस्सीले नेमारलाई यसरी फकाएका थिए

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १०:१९,

बार्साका कप्तान मेस्सीले बार्सा नेमार आउनु पर्ने धारणा राखेपछि नेमारले पनि बार्सा जाने इच्छा व्यक्त गरेका थिए।

मेस्सी बार्साका भरपर्दा खेलाडी हुन्। उनको भनाइहरु बार्साका अधिकारीहरुले सुन्ने भएका हुनाले नेमार बार्सामा जाने लामो समयसम्म चर्चा भयो।

तर बार्साले महँगा खेलाडीहरु डि योङ, एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेपछि अन्ततः नेमार बार्सामा पुनः अनुबन्ध हुन सकेनन्।

हाल सिजनको झन्डै बिचमा आइपुग्दा फ्रान्स फुटबल अनलाइनले मेस्सीले यस सिजन नेमारलाई बार्सा आउन फकाएको विषय खुलासा गरेको छ।

फ्रान्स फुटबलका अनुसार मेस्सीले नेमारलाई भनेको थिए,‘हामी दुवै मिलेरमात्र च्याम्पियन्स लिग जित्न सक्छौं। २ वर्षमा मैले बार्सा छाड्नेछु अनि तिमीले मेरो स्थान लिनेछौं।’

सन् २०१५ मा मेस्सी र नेमारले बार्साबाट च्याम्पियन्स लिग जितेका थिए।

मेस्सीले नेमारलाई बार्सा आउन आग्रह गरेपछि नेमारले पनि पीएसजी छाड्ने अभिव्यक्ति दिएका थिए।

तर बार्साले नेमारलाई अनुबन्ध भने गरेन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .