ad ad

राजनीति


सीमा अतिक्रमण विरुद्ध जनमोर्चाले सुरु गर्‍याे ‘कालापानी मार्च’

सीमा अतिक्रमण विरुद्ध जनमोर्चाले सुरु गर्‍याे ‘कालापानी मार्च’

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १०:९,

राष्ट्रिय जनमोर्चाले कालापानीलगायत क्षेत्रमा भएको सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु गरेको छ। बुधबार धनगढीमा कार्यक्रम गरी मोटरसाइकल र्‍यालीसहित मार्च सुरु गरिएको हो।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले अभियानका टोली नेता एवं प्रदेश अध्यक्ष नन्दराज भट्टलाई पार्टीको झण्डा हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरे। सो अवसरमा बोल्दै नेता भट्टले अहिले सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय एकता कायम भएकोले अतिक्रमण हटाउन उपयुक्त मौका आएको बताए।

कार्यक्रममा विभिन्न जनवर्गीय संगठनसपहत नेपाली कांग्रेसका स्थानीय नेताले शुभकामना दिएका थिए। एक हप्ते कार्यक्रममा राजमाेले धनगढीसहित अत्तरिया, बुडर, डडेल्धुरा, गाेकुलेश्व, दार्चुला खलंगा तथा कञ्चनपुरकाे महेन्द्रनगरलगायतका स्थानमा विराेध सभा गर्ने जनाएकाे छ।

 मोटरसाइकल र्‍याली सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला हुँदै दार्चुला पुग्नेछ भने १७ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समापन हुनेछ। समापन कार्यक्रममा राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।

भारतले लिम्पयाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्र समेटी नयाँ नक्सा सार्वजिनक गरेपछि नेपालमा चाैतर्फी त्यसकाे विराेध भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .