ad ad

समाज


४० वर्षपछि आमाछोराको भेट भयो, तर बोल्दैनन् दुर्गाप्रसाद (तस्बिरहरु)

४० वर्षपछि आमाछोराको भेट भयो, तर बोल्दैनन् दुर्गाप्रसाद (तस्बिरहरु)

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:५७,

४० वर्षपछि भारतीय जेलबाट छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना आफ्नो जन्मघर आइपुगेका छन्।

इलामको माइ नगरपालिका १० का दुर्गाप्रसाद आइतबार दिउँसो घर आइपुगेको उनका भतिज गोपाल तिम्सिनाले नेपालखबरलाई बताए।

२० वर्षको उमेरमा घर छाडेका दुर्गाप्रसाद चार दशकसम्म भारतीय जेलमा परेका थिए।

उनीमाथि लागेको हत्या आरोप पुष्टि हुन नसकेपछि उनलाई शनिबार रिहा गरिएको हो।

घर आइपुग्नासाथ उनले ८६ वर्षीया आमा धनमायालाई मिठाइ खुवाएका छन्। उनी फर्किने भएपछि शनिबार नै भारतमा उनलाई सहयोग गरेका भारतीय नागरिकले मिठाइ किनिदिएका थिए।

उनी आउने खबर फैलिएपछि स्थानीय गाउँलेदेखि प्रहरीसमेत उनको घरमा जम्मा भएका छन्।

छोरा दुर्गाप्रसाद घर आइपुगेपछि आमा धनमायाले भनिन्, ‘यसको त फोक्से मासु पो लागेछ त, कहिले आउँछस् भन्ने थियो बल्ल आइस्।’

८६ वर्षीया धनमायालाई छोरो जेलमा परेको र त्यहाँ के भयो भन्ने कुरा थाहा नभएको गोपाल बताउँछन्। बृद्धा आमाले राम्रोसँग कान सुन्न सक्दिनन्।

गोपालका अनुसार दुर्गाप्रसादलाई धनमायाले भनिन्, ‘के कति ल्याएको छस् अब जग्गा किन्नुपर्छ।’ दुर्गाप्रसाद भने घर आइपुगे पनि एक बाक्य पनि बोलेका छैनन्।

बिहान काकडभिट्टामा उनले आमा र बुबाको नाम लिएका थिए। तर त्यसपछि उनी नबोलेको उनीसँगै कोलकाताबाट फर्किएका गोपालले बताए।

‘ठुलोबुबा घर आइसकेपछि एक बाक्य पनि बोल्नु भएको छैन, बिहान काकडभिट्टामा हजुरबा र आमाको नाम लिनु भएको थियो,’ गोपालले सुनाए।

कलकत्तास्थित दमदम जेलबाट दुर्गाप्रसाद शनिबार रिहा भएका हुन्।

दुर्गाप्रसाद तिम्सिना जन्मघर आइपुग्दाका दृष्यहरुः

DurgaPd Ilam jail riha 2

DurgaPd Ilam jail riha 3

DurgaPd Ilam jail riha 4

DurgaPd Ilam jail riha 6

DurgaPd Ilam jail riha 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .