ad ad

कला


रामकृष्ण ढकालको ‘उकालीको त्यो पल्लो डाँडा’ सार्वजनिक (भिडिओ)

रामकृष्ण ढकालको ‘उकालीको त्यो पल्लो डाँडा’ सार्वजनिक (भिडिओ)

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:५५,

गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘उकालीको त्यो पल्लो डाँडा’ बोलको गीत सार्वजनिक भएको छ।

भिडिओमा खोटाङको रावाबेशी गाउँपालिकाको वडा न. १ मा पर्ने कुभिण्डेको रमणीय दृश्यहरुलाई कैद गर्दै माओवादी द्वन्द्वकालको घटनालाई चित्रण गरिएको छ ।

गीतकार साजन श्रेष्ठको शब्द, अशोक थापाको संगीत रहेको उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, रामकुमार बान्तावा, विशाल राई, मनोज खालिङ साथै अन्य स्थानीय कलाकारहरुको समेत अभिनय रहेको छ।

कुमार गजुरेलको निर्देशन रहेको यस गितको भिडिओमा बाल मनोविज्ञानमा आधारित माओवादी द्वन्द्वकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ। यस गीतमा रामेश्वर हुमागाईंको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ।

वाउ पिक्चरको ब्यानरमा निर्मित यस गीतको भिडिआमा कृयटिभ डाइरेक्टरको रुपमा मोहन चाम्लिङ रहेका छन्। यस गीत साइराम पिक्चरको युटुब च्यानलबाट सार्वजनिक भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .