ad ad

राजनीति


भागरथी भट्टका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

भागरथी भट्टका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

नेपालखबर
माघ २४, २०७७ शनिबार ४:१२,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीमा किशोरीको बलात्कारपछि हत्या गर्ने अपराधी तत्काल पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

अघिल्लो दिन विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। जसको अनुसन्धान अहिले जारी छ।

सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन्।

‘बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

याे पनि :  युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .