ad ad

समाज


तस्करीको नयाँ शैली, मसला पिँध्ने ओखलमा डेढ किलो सुन

तस्करीको नयाँ शैली, मसला पिँध्ने ओखलमा डेढ किलो सुन

नेपालखबर
भदौ २३, २०७६ सोमबार ६:५१,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानै १ किलो ४ सय ग्राम सुनसहित एक जना र साेही सुन लिन गएका अन्य दुइ जनालाइ पक्राउ गरिएको छ।

कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ को जहाजमा त्रिभुवन विमास्थल उत्रिएका होमबहादुर गुरुङ अवैध सुनसहित पक्राउ परेका हुन्। त्यस्तै उक्त सुन लिन गएका अन्य दुई जनालाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ।

कस्टम एरियामा जाँचका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। गुरुङ तनहुँ चिपचिपे ७ का बासिन्दा रहेको खुलेको छ। उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए। 

सुन लिन गएका मोरङ पथरी २ का अनिल लुइँटेल र मोरङ पथरी ९ का भोजराज घिमिरे रहेको खुलेको छ। उनीहरु दुवैलाई विमानस्थल भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

विमानस्थल भन्सार र प्रहरीकाे सक्रियतामा सुन बरामद भएकाे हाे। केही दिनअघि पनि मासु काट्ने छुरीको बिँडमा लुकाएर ल्याएको अवस्थामा चार सय ८० ग्राम सुन बरामद भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .