ad ad

समाज


सडकको यस्तै बेहालमा आउलान् २० लाख पर्यटक?

सडकको यस्तै बेहालमा आउलान् २० लाख पर्यटक?

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १३:२२,

पर्यटन वर्ष २०२०मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ।

शुक्रबार प्रतिनिधि सभाको विकाश तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताएका हुन्। नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षा बारे धेरै चासो राख्ने गरेको उनले बताए। अहिले पनि प्रमुख पर्यटक गन्तब्य सम्मको पहुँच सडक नसुध्रिएको प्रमुख कार्यकरी अधिकृत जोशीले पर्यटन वर्ष २०२० सफलतापुर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती रहेको बताए।

समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरि तान्न सकिन्छ भनेर प्रश्न गरेका थिए। शुक्रबार समितिले पर्यटक गन्तब्यसम्म पुग्ने सडकहरुको अवस्थाबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो।

छलफलमा सांसद इन्दु शर्माले चाबहिल जोरपाटी सडक खण्डको उदाहरण दिँदै देशको राजधानी भित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौँ बाहिरको अवस्था के होला भनि प्रश्न गरिन्। अर्का सांसद बहादुर सिंह लामाले पर्यटक गन्तब्यसम्म कस्ता कस्ता पूर्वाधार छन्, कसरि काम भएको सम्म जानकारी नभएको अबस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरि मनाउन सकिएला भनेर प्रश्न गरे।

सांसदहरुको प्रश्न सुनी सके पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको दाबी गरे। काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको उनको भनाई थियो।

सांसदहरुले समितिमा लम्जुङ्ग बेसीशहर चामे सडक, बेनी मुस्तांग सडक, सुर्खेत अछाम रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमागर्, रसुवा स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात सञ्चालन गर्न नसकिने भएको गुनासो गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .