चिकित्सकहरुले डुेंगू रोगको संक्रमण हुन नदिन लामखुट्टेको टोकाईबाट बच्न सुझाव दिएका छन।
चिकित्सक डा. बासुदेव पाण्डेले लामखुट्टेको टोकाईबाट बच्न सके यो रोगबाट बच्न सकिने बताएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले डेंगू रोगको संक्रमण बढेपनि महामारीको रुपमा नफैलिएको पनि स्पष्ट पारे। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहेका उनले धेरैजसोमा सो रोगको सामान्य संक्रमणमात्रै देखिएको पनि स्पष्ट पारे।
चिकित्सकहरुका अनुसार यो रोग नेपालमा महामारीको रुपमा फैलिएको छैन। यो रोगबाट बच्न सरकारले लामखुट्टे नियन्त्रण गर्ने अभियानलाई घरघरमा संचालन गरिरहेको पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले बताए। उनले सबैभन्दा बढि सो रोगको संक्रमण कास्की जिल्लामा देखिएको पनि स्पष्ट पारे।
सरकारको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको छ। चिकित्सक लालले हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना, प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना सो रोगबाट संक्रमित भएको पनि बताए।
Shares
प्रतिक्रिया