ad ad

समाज


भारतमा ७३ वर्षकी वृद्धाले जन्माइन् जुम्ल्याहा छोरी

भारतमा ७३ वर्षकी वृद्धाले जन्माइन् जुम्ल्याहा छोरी

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १३:९,

भारतमा एक ७३ वर्षकी वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन्। दुवै बच्चा छोरी भएको बीबीसीले जनाएको छ।

बिहीबार तेलंगणामा वृद्धाले बच्चा जन्माएकी हुन्। डाक्टर उमा शंकरका अनुसार दुवै शिशु र आमा स्वस्थ छन्।

७३ वर्षकी मन्गयाम्मा यरामती र उनका श्रीमान ८२ वर्षका सिताराम राजाराओले बच्चा जन्मिएपछि आफूहरु खुशी भएको बताएका छन्।

राजाराओले भनेका छन्,‘हाम्रो हातमा केही छैन। जे हुन्छ त्यो भएर छाड्छ सबै भगवानको हातमा छ।’

खासमा दुवै सन्तान विहिन थिए। यारामतिले भनिन्,‘गाउँलेले मलाई निसन्तान महिला भनेर गिज्याउँथे। हामी बच्चा पाउने धेरै प्रयास गर्यौं।’

बच्चा पाएपछि यतिबेला आफू संसारकै सबैभन्दा खुशी भएको उनले बताएकी छिन्।

Image result for Indian woman, 73, gives birth to twin girls

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .