प्रहरीले बूढानीलकण्ठ नगरपालिका १० कपन मेलमिलाप चोकमा डेरा गरी बस्ने खोटाङ बारापोखरा ६ घर भएका १८ वर्षीय सञ्जय राईलाई कुटपिट गरी हत्या गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अभियोगमा मंगलबार २ जना पक्राउ परेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ।
पक्राउ परेकाहरुमा बूढानीलकण्ठ नगरमा बस्ने मोरङ भलाका अजय राई र सोलुखुम्बु घर भएका सागर बस्नेत रहेका छन्। बूढानीलकण्ठ नगरपालिका १० कपन आदर्शनगरनजिकै राई र बस्नेतसहित चार जनाले कुटपिट गर्दा सञ्जय गम्भीर घाइते भएका थिए।
उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अन्य दुई जनाको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया