प्युठानमा जबर्जस्ती करणीको घटनामा एक जना पक्राउ परेका छन्।
गत १६ गते मामाण्डबी गाउँपालिका २ ढिकावन बस्ने २५ वर्षीय टेकबहादुर वलीले मादक पदार्थ सेवन गरी सोही स्थान बस्ने नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेका थिए।
सोही घटनामा बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया