कैलालीमा आज भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ। कैलाली प्रहरीका अनुसार चुरो गाउँपालिका धप्रेनीस्थित भीमदत्त राजमार्गमा बुडरबाट धनगढीतर्फ आउँदै गरेको से१क६९७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो।
दुर्घटनामा टिप्पर चालक नरेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको हो। आफैँ अनियन्त्रित भई १ सय ५० मिटर तल खसेको टिप्परका सहचालक पदम सुर्जा गम्भीर घाइते भएका छन्।
उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ भने शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
प्रतिक्रिया