यो खोपको नाम ‘पाकभ्याक’ हो। मंगलबार चीनको सहयोगमा स्वदेशमा निर्मित पहिलो खोप सार्वजनिक गर्दै पाकिस्तानको केन्द्रीय योजनामन्त्री असद उमरले देशमा भ्याक्सिन विकास हुनु स्वास्थ क्षेत्रको क्रान्ति भएको बताएका छन्।
उनले खोप विकास गर्न सहयोग गरेकोमा चीनलाई धन्यवाद ज्ञापन गर्दै पाकिस्तानका विज्ञहरुको पनि प्रशंसा गरेका छन्।
सो क्रममा मन्त्री उमरले अब पाकिस्तानमै खोप बनेता पनि पाकिस्तानी नागरिकको पहिलो रोजाइमा भने चिनियाँ खोप सिनोभ्याक नै भएको बताएका छन्।
उनी भन्छन्,‘हाम्रा नागरिक जब खोप लगाउन विभिन्न केन्द्रमा जान्छन्, उहाँहरुलाई अस्ट्राजेनिकाको भ्याक्सिन लगाउने भनेर सोधिँदा उनीहरु सिनोफार्मको खोप माग्छन् जब आफूले चीनको खोप लगाउन पाउँदैनन् उनीहरु फर्कन्छन्।’ एजेन्सी
प्रतिक्रिया