ad ad

समाज


महाकाली अस्पतालमा भारतबाट फर्केका संक्रमितको मृत्यु

महाकाली अस्पतालमा भारतबाट फर्केका संक्रमितको मृत्यु

गोकुल जोशी
बैशाख १४, २०७८ मंगलबार ६:२७,

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष संक्रमितको उपचारका क्रममा सोमवार राति मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या आएपछि ती संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

भारतबाट फर्किएका उनमा भारतमै परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

‘भारतबाट स्वदेश फर्किदा हिजो गड्डाचौकी नाकामा श्वासप्रश्वासमा धेरै समस्या आएपछि उहाँलाई एम्बुलेन्स अस्पताल पुर्‍याइएको थियो। उहाँमा अक्सिजनको मात्रा कम हुँदै आईसीयूमा राखेर उपचार गरिरहेका थियौँ,’ कोभिड–१९ फोकल पर्सन रावलले भने, ‘तर बचाउन सकिएन।’

मृतक संक्रमितको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .