दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
शनिबार १ बजे अज्ञात समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आगजनीबाट रा १ झ १५२ नम्बरको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले बताए।
बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा आगजनी भएको हो।
गाडीमा लागेको आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। आगो कसले र किन लगायो भन्ने खुलेको छैन। तर, प्रहरीले भने विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरेको छ।
घटनाको अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले बताए।
घटनास्थलमाप्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको उनले बताए।
प्रतिक्रिया