पर्यटन मन्त्रालयको ४१ वर्षे इतिहासमा ३५औं मन्त्री बनेका छन्– योगेश भट्टराई। विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट तत्कालीन नेकपा (एमाले) को सचिव र माओवादी केन्द्रसँग एकतापछि नेकपाका स्थायी कमिटी सदस्य चुनिएका उनी सरकारी पदको जिम्मेवारीमा पहिलोपटक छानिएका हुन्।
मन्त्री भट्टराईसँग शरद ओझाले लिएको अन्तर्वार्ता आज साउन २६ को हिमाल साप्ताहिकमा विस्तृत रूपमा छापिएको छ।
प्रस्तुत छ, एउटा अन्तिम प्रसंग :
अन्तिम र फरक प्रसंगको प्रश्न, चिकित्सा शिक्षा शिक्षा विधेयक सुधारका लागि डा. गोविन्द केसीको अनशनबारे तपाईंद्वारा व्यक्त टिप्पणी मन्त्री बनेसँगै चर्चामा आएको छ। आफ्ना पूर्वधारणबारे के भन्नुहुन्छ?
डा. गोविन्द केसीले जे मुद्दा उठाउनुभएको थियो र त्यसप्रति हामीले जस्तो धारणा बनाएका थियौं, चिकित्सा शिक्षा विधेयक पारित भएसँगै त्यसको सान्दर्भिकता पनि सकिएको छ। डा. केसीसँग मेरो कुनै दुराग्रह छैन। म उहाँलाई सम्मान गर्छु। तर उहाँले पो मप्रति दुराग्रह, दुश्मनी साध्न खोजेको जस्तो देखिँदै छ। डा. केसीजस्तो विद्वानले यो तहको दुराग्रह नराख्नुपर्ने हो।
प्रतिक्रिया