ad ad

छापा खबर


एक लाख नगदसहित धुलिखेलबाट पाँच जुवाडे पक्राउ

एक लाख नगदसहित धुलिखेलबाट पाँच जुवाडे पक्राउ

नेपालखबर
साउन २६, २०७६ आइतबार ३:३५,

धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको हो।

जुवाको खालबाट ९३ हजार ४३० रुपैयाँ नगद र १० थान तासबुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा धुलिखेल नपा–६ का ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ र ३० वर्षीय अशोक श्रेष्ठ, धुलिखेल नपा–९ का ३५ वर्षीय दीपक तामाङ र भक्तपुरको भक्तपुर नपा–६ का ४० वर्षीय गणेश कारञ्जित रहेका छन्।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीको छ। जुवा ऐनअन्तर्गत एक वर्ष कैद वा जरिवाना हुने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .