ad ad

समाज


दोलखामा सुक्खा पहिरो जाँदा २० परिवार विस्थापित

दोलखामा सुक्खा पहिरो जाँदा २० परिवार विस्थापित

नेपालखबर
साउन २६, २०७६ आइतबार ३:१८,

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा सुख्खा पहिरो जाँदा २० परिवार विस्थापित भएका छन्। पहिरोमा परेर एकजना घाइते भएका प्रहरीले जनाएको छ।

शनिबार बिहान लामाबगरमा गाउँमाथिबाट ठूलो सुख्खा पहिरो झर्दा २० परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मानबहादुर राईले जानकारी दिए।

‘शनिबार बिहान गाउँमाथिबाट एक्कासि ठूलो सुख्खा पहिरो गयो। पहिरोले आठ घर पूर्ण र चार घर आंशिक क्षति भएको छ,’ डिएसपी राईले नेपालखबरसँग भने, ‘वरपरका अन्य आठ घरमा पनि पहिरोको जोखिम बढेको छ। हामीले गाउँका २० परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ।’

पहिरो झर्नेक्रम अझै रोकिएको छैन। डेढसय मिटर लामो पहिरोबाट आइतबार बिहान पनि ठूलाठूला ढुंगामाटो झरिरहेका राईले बताए।

पहिरोबाट विस्थापित परिवार लामाबगरकै सामुदायिक विद्यालयमा शरण लिएर बसेका छन्।

पहिरोमा परेर गम्भीर घाइते भएकी स्थानीय ५५ वर्षीया लालुमाया थामीको अहिले टिचिङ अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुग्ने बाटो पनि बन्द भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .