ad ad

समाज


भोजपुरकाे टेम्केमा बस पल्टियाे, ११ जना घाइते

भोजपुरकाे टेम्केमा बस पल्टियाे, ११ जना घाइते

नेपालखबर
साउन २६, २०७६ आइतबार ४:६,

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगर जाँदै गरेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिका ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ।

आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये सातजना अस्पताल भर्ना भएका छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ।

लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ। त्यसैगरी भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ दुर्घटनामा घाइते भएका छन्।

इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन्।

घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .