भारतको मध्यप्रदेशमा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ।
बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो।
सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन्।
भारतीय समाचार संस्था एएनआइले ७ जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको जनाएको छ।
अहिलेसम्म नहरबाट १८ भन्दा बढीको शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय जनताा, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानि रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन्। अहिले घटनास्थालमा मध्यप्रदेश सरकारका दुई मन्त्री पुगिसकेका छन्।
Shares
प्रतिक्रिया