ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षतर्फ किन धेरै नेता? यस्तो छ शंकर पोखरेलको तर्क

प्रचण्ड–नेपाल पक्षतर्फ किन धेरै नेता? यस्तो छ शंकर पोखरेलको तर्क

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ६:४५,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षतिर किन धेरै नेता लागे भन्नेबारे आफ्नै तर्क पेस गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्त निकट मानिने पोखरेलले नेकपाको प्रचण्ड–नेपाल पक्षले नेता व्यवस्थापनमा जोड दिने भएको हुँदा नेताहरु पनि त्यतैतर्फ लागेको दाबी गरेका छन्।

तर ओली नेतृत्वको नेकपातर्फ भने कार्यकर्ता र जनताको संख्या धेरै रहेको उनको तर्क छ।

‘नेता व्यवस्थापनमा जोड दिनेतिर नेताहरू धेरै, कार्यकर्ता र जनताको व्यवस्थापनमा जोड दिनेसँग कार्यकर्ता र जनता धेरै हुनु स्वभाविक हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

विभाजन हुनुपूर्व एकीकृत नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत थियो।

विभाजनपछि वामदेव गौतम तटस्थ रहँदा नाै सदस्यीय सचिवालयमा बराबरी (चार–चार) जना सदस्य बाँडिएका छन् भने स्थायी र केन्द्रीय समितिमा प्रचण्ड–नेपाल पक्ष स्पष्ट बहुमतमा रहेको देखिन्छ।

तर, स्थानीय स्तरमा ओली पक्षको उपस्थिति तुलनात्मकरुपमा राम्रो रहेको बताइन्छ।

पोखरेलले सोही समीकरणलाई संकेत गर्दै सो धारणा व्यक्त गरेका छन्।

Shankar.JPG

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .