ad ad

समाज


भारतले पानी छोड्दा महाकाली नदीमा फसेका २० जनाको सकुसल उद्धार

भारतले पानी छोड्दा महाकाली नदीमा फसेका २० जनाको सकुसल उद्धार

गोकुल जोशी
माघ २७, २०७७ मंगलबार ११:३,

महाकाली नदीको बहाव बढेर नदीको बिचमा फसेका २० जनाको प्रहरीले सकुसल उद्धार गरेको छ।

भारतको टनकपुरस्थित एनएचपीसीले टनकपुर पावर हाउसको पानी सफा गर्नका लागि पानी छोडेपछि महाकाली नदीमा बहाव बढेको थियो।

महाकाली नदीमा पानीको बहाव बढे पछि भीमदत्त नगरपालिका–१२ भुजेलाघाटमा मलामी गएका २० जना नदीको बिच भागमा रहेको टापुमा फसेका थिए। जिल्ला प्रहरी कार्यालय र बिपद् व्यवस्थापन गुल्म महेन्द्रनगरको टोलीले पानीको बहाव बढेपछि नदीमा फसेका २० जना मलामीलाई उद्धार गरेको डीएसपी अमर थापाले बताए।

‘भारतले पावर हाउस सफा गर्नका लागि पानी छाड्ने खबर गरेको थियो। हामीले पनि यता पानीको बहाव बढ्ने भएकाले सचेत रहन माइकिङ गरेका थियौँ’ डिएसपी थापाले भने, ‘यो प्रक्रिया एक महिनासम्म रहने जानकारी आएको छ। अझै सचेत हुनु आवश्यक छ। माइकिङ गरेर हामी पनि सचेत रहन आग्रह गरिरहेका छौँ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको टीमले नदीमा फसेकाकाको सकुसल उद्धार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .