ad ad

समाज


फिलिपिन्समा आँधीका कारण तीनवटा डुङ्गा दुर्घटना, २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्समा आँधीका कारण तीनवटा डुङ्गा दुर्घटना, २५ को मृत्यु, ६ बेपत्ता

नेपालखबर
साउन १९, २०७६ आइतबार ७:५८,

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।

इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ। आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो।

सिन्ह्वाका अनुसार आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .