ad ad

कारोबार


सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

नेपालखबर
साउन १९, २०७६ आइतबार ७:५८,

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पारे।

आईतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उनले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहो¥याए। ‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्’, अर्थमन्त्री खतिवडाले भने, ‘स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस्।’

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहे पनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पारे। उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .