ad ad

खेल


सामूहिक तस्बिर खिच्न लाग्दा नेमारलाई किन धकेले एमबाप्पेले?

सामूहिक तस्बिर खिच्न लाग्दा नेमारलाई किन धकेले एमबाप्पेले?

नेपालखबर
साउन १९, २०७६ आइतबार ७:४१,

सो क्रममा एउटा अनौठो दृश्य देखिएको थियो, त्यो दृश्य थियो फ्रान्सेली स्टार केलिएन एमबाप्पेले ब्राजिलिएन स्टार नेमार जुनियरलाई धकेलेको क्षण।

यस घटनाको भिडियो सार्वजनिक भएपछि यतिबेला यसले सामाजिक सन्जालमा ठूलो बहस खडा गरेको छ। मानिसहरु प्राय एमबाप्पेको आलोचना गरिरहेका छन्।

तर यस अगाडिको सत्यता के हो त्यो पर्दा पछाडि परेको देखिन्छ। नेमार हाल पीएसजी क्लब छाड्ने मनसायमा रहेका छन्। नेमार गत बिहीबारदेखि मात्र प्रशिक्षणमा समावेश भएका हुन्।

नेमारमाथि हाल खेलमा प्रतिबन्ध लागेका छन्। त्यसैकारण उनी पीएसजीको शनिबारको खेलमा उपस्थित थिएनन्।

तर शनिबार जब पीएसजीले सुपर कपको उपाधि जित्यो। उनी पनि आफ्ना खेलाडी साथीसँग खुशी साट्न मैदानमा पसेका थिए।

उपाधि उचाल्दा रमाउँदै नेमार, एमबाप्पे र भेराटी

(भिडियाे)

खेलमा ट्रफी उचाल्ने र सामूहिक तस्बिर खिचाउने मुडमा भने उनी थिएनन्। सार्वजनिक भएको भिडियोमा त्यो प्रस्ट देखिन्छ। तर मार्को भेराटीको आग्रहमा उनी उपाधि उचाल्न सहमत हुन्छन्।

त्यसबेला एमबाप्पे र भेराटीले नेमारसँग अँगालो मारेर उपाधि जितेको खुशी साट्छन्। त्यसपछि फेरी सामूहिक तस्बिर खिचाउने समय आउँछ।

त्यसबेला नेमार भेराटीसँग कुराकानी गरिरहेका हुन्छन्। नेमार सायद तस्बिर खिचाउन सहमत हुँदैनन्। सोही समयमा एमबाप्पेले नेमारलाई धकेल्छन्। समूहबाट अलग्याउन खोज्छन्। यही क्षणको भिडियोले यतिबेला विश्व फुटबललाई तताइरहेको हो।

एमबाप्पेले धकालेपछि फेरि सामूहिक तस्बिर खिचाउँदै नेमार

(भिडियाे)

 नेमार र एमबाप्पे निकै मिल्ने साथी हुन्। उनीहरु जिस्किएका हुन् भन्ने फुटबल पण्डितहरुको विश्लेषण रहेको छ। केही समय अगाडि सँगै अँगालो मारेर उपाधि उचालेका एमबाप्पेले कसरी अर्को क्षणमा नेमारलाई वेवास्ता गर्न सक्छन् भन्ने प्रश्न चिन्ह यहाँ खडा भएको छ।

तर एमबाप्पेले नेमारलाई धकेले पनि नेमार फेरि हाँसेर समूहमा गएर तस्बिर खिचाएको दृश्य पनि हामीले भिडियोमा देख्न सक्छौं।

शुक्रबार मात्र एमबाप्पेले आफूले नेमारलाई पीएसजीमै बस्न आग्रह गरेको बताएका थिए। मेट्रो को युके

(सामूहिक तस्बिर खिचाउन अगाडिकाे पुरा भिडियाे)

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .