ad ad

समाज


तनहुँको ढावमा बस दुर्घटना, १३ यात्रु घाइते

तनहुँको ढावमा बस दुर्घटना, १३ यात्रु घाइते

नेपालखबर
साउन १९, २०७६ आइतबार ७:१३,

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार घाइतेको अवस्था सामान्य छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .