ad ad

कारोबार


चिलिमे–त्रिशूली प्रसारणलाइनको भौतिक प्रगति ४५ प्रतिशत

चिलिमे–त्रिशूली प्रसारणलाइनको भौतिक प्रगति ४५ प्रतिशत

नेपालखबर
साउन १९, २०७६ आइतबार ६:५७,

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत छ। आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारणलाइन र चिलिममा सबस्टेसन निर्माण गरिरहेको छ। आयोजनाको सर्वे र डिजाइन सकिएको छ। टावरका उपकरण उत्पादन भइरहेको छ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारणलाइनमा जोडिनेछ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ। प्रसारणलाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए। ‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था छ’, उनले भने । ठाउँठाउँमा पहिरो गएकाले कामलाई तिब्रता दिन नसकिएको उनले बताए।

प्रसारणलाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र र चिलिमे हब सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ। त्रिशूली ३ बी हब सबस्टेसन र चिलिमे–त्रिशूली प्रसारणलाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ हो। ३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक (केएफडब्लु) र युरोपियन इन्भेष्टमेन्ट बैक (इआइबी)को लगानी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .