ad ad

समाज


अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, विदेशमा भएका नेपालीलाई सहज हुने

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, विदेशमा भएका नेपालीलाई सहज हुने

उजिर कार्की
पुस १, २०७७ बुधबार १६:२३,

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्न नेपाल आउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। सरकारले आगामी सातादेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिने तयारी गरेको हो।

सरकारको यो निर्णयले विभिन्न देशमा रहेका नेपालीले अनलाइनबाटै रकम भुक्तानी गर्न र श्रम अवधि नवीकरण गर्न पाउने भएका छन्। पुनः श्रम स्वीकृति लिँदा लाग्ने खर्च कल्याणकारी कोषको रकम र बिमा नवीकरण शुल्क सरकारले तोकेको व्यवस्था अनुसार भुक्तानी गर्नुपर्ने छ।

यसका लागि सरकारले आईएमई पे, ई सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्ने व्यवस्था गरिसकेको छ। शुल्क भुक्तानी गरेपछि श्रम स्वीकृति नवीकरण भएको प्रमाण सहितको इमेल श्रमिकलाई पठाउनेछ।

सरकारको यो व्यवस्थाले श्रमिकलाई नेपाल आउनु पर्ने समय र खर्च दुवैको बचत हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए।

उनका अनुसार दुई पटकसम्म विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने छ। विदेशमा भएका श्रमिकले जुनसुकै स्थानबाट पनि अनलाइनबाटै तोकिएको प्रणालीमा गएर विवरण भर्नु पर्नेछ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै पुनः श्रम स्वीकृतिदिने व्यवस्था गरेको हो।

सरकारको यो निर्णयले लामो समयदेखि विदेशमा अवैधानिक रुपमा बसेका नेपाली समेत वैध बन्नेछन्। उनीहरुले फर्किंदा तिर्नु पर्ने जरिवाना समेत जोगिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .