ad ad

समाज


समृद्धि स्कुलमा ‘समृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ सञ्चालन

समृद्धि स्कुलमा ‘समृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ सञ्चालन

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १६:५,

काठमाडौंको वनस्थलीमा अवस्थित समृद्धि स्कूल/कलेजले अन्तर्राष्ट्रियस्तरको ‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ स्थापना गरेको छ।

सूचना तथा सञ्चारप्रविधिसँग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विजनेस क्याम्पस अन्तर्गत अध्यापन गराईने बीसीए र बीबीएस कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले एकेडिमीको स्थापना गरेको जनाइएको छ।

बजारको आवश्यकता अनुरूप सुचना प्रविधि क्षेत्रमा एक्काइसौं शताब्दिको दक्ष जनशक्ति निर्माण गरी यसक्षेत्रमा योगदान गर्ने उद्देश्य यस एकेडेमीले राखेको छ।

समृद्धि स्कूल/कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा भएको समारोहमा कलेजका सीईयो/प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले स्वागत मन्तव्यका क्रममा कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाड्गीण विकासको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमुलक सिप प्रवर्धन गर्नको लागि एकेडेमीले निकै महत्वपूर्ण सहयोग पु-याउने धारणा राखे।

त्यसैगरी पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हासिल गरि सरकारी कामलाई इ–गभरमेन्ट तथा पार्लियामेन्टलाई पनि इ–पार्लियामेन्ट बनाई आईटी यूजर बढाउनुपर्ने धारणा राखे।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. सुनिलबाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको विचार व्यक्त गरे।

श्रीलंकाबाट अनलाइनबाट जोडिएका सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासम्भव सहयोग गर्ने तथा सिस्कोद्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालीमबाट विद्यार्थीहरुको सीप र व्यक्तित्व विकासमा सहयोग पु-याई प्रमाणपत्रमा मात्र केन्द्रित नभएर जीवनको जटिल अवस्थाको सामना गर्न सक्ने बनाउन यस एकेडेमीले सहयोग पु-याउने धारणा राखिन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य, विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले पनि आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .