ad ad

कारोबार


आईक्यान परिषदमा प्रस्तुत प्रतिवेदनमा सीए संघको आपत्ति

आईक्यान परिषदमा प्रस्तुत प्रतिवेदनमा सीए संघको आपत्ति

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १५:४०,

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को परिषद्द्वारा गठित ‘रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषद्मा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले प्रतिवेदनका विवादास्पद सिफारिसप्रति असहमति प्रकट गरेको छ।

स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आउने गरी विशेष छुट दिन नहुने संघको अडान छ। उक्त प्रतिवेदनमार्फत अघि सारिएका विभिन्न प्रस्तावमा संघको गम्भीर आपत्ति छ। परिषद्मा प्रस्तुत विवादास्पद विषयहरु खारेज गर्न पनि संघले जोडदार माग गरेको छ।

चार्टर्ड एकाउन्टेन्सी शिक्षाका अन्तर्राष्ट्रिय मापदण्ड, प्रणाली र परम्पराविपरीत हुने गरी प्रतिवेदनमार्फत प्रस्ताव गरिएका विषयवस्तुमा संघले चार्टर्ड एकाउन्टेन्सी शिक्षाका सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ।

कुनै पनि शिक्षामा सहज र छोटो तर अपूर्ण बाटो अपनाउँदा त्यसमार्फत दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन र त्यो जनशक्तिले अपेक्षित परिणाम दिन पनि सक्दैन। तर प्रतिवेदनले सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने गरी प्रस्ताव अघि सारेकोमा संघको गम्भीर असहमति रहेको महासचिव तेजप्रसाद सुवेदीले जनाएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष, संघका पूर्वअध्यक्ष, सरोकारवाला, सरकारी निकायका पेसासम्बद्ध विशिष्ट व्यक्ति, सीए अध्ययनरत विद्यार्थी लगायतका धारणा चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको उपाधिका सन्दर्भमा कायम भएका व्यवस्थाबाहेक कुनै पनि किसिमको अतिरिक्त छुट दिन नहुने कुरामा सबैको ऐक्यबद्धता रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .