ad ad

समाज


‘लजालु पहाडहरु’ लिएर आए ढकाल

‘लजालु पहाडहरु’ लिएर आए ढकाल

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १४:१३,

साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ सार्वजनिक भएको छ।

नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।

करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको लजालु पहाड पहिलो पुस्तकाकार कृति हो। पुस्तकमा ६७ वटा गीतहरु संग्रहीत छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए। 

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए। उनले भने, ‘जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ।’

उनले कृतिमा रहेका केही गीतहरु पहिलो पढाईमा दुर्बाेध्यजस्तो लागे पनि तीनको वजन थाहा पाएपछि फरक खालको अनुभूत हुने दावी गरे।

कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए। उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए।

युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसंग्रहको मुल्य २५० तोकएिको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .