पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा विजयी भएका छन्।
उनी संस्थापक सदस्यमध्येबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। महासंघको ५४ औं साधारणसभाअन्तर्गत शनिबार भएको निर्वाचनको क्रममा उनले आफ्ना प्रतिद्धन्दी चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेलाई परातित गरेका हुन्।
अधिकारीले ७ मत पाए भने चुकेले ५ मत प्राप्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका १२ वटा संस्थापक सदस्य रहेका छन्।
यता, महासंघको चुनावअन्तर्गत प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचन लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चुनिएका छन्। उनले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई परातित गरेका हुन्।
कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरे।
प्रतिक्रिया