ad ad

समाज


बैतडीमा एक तोला सुन दिने आश्वासनमा बलात्कार घटना मिलापत्र

बैतडीमा एक तोला सुन दिने आश्वासनमा बलात्कार घटना मिलापत्र

गोकुल जोशी
मंसिर ११, २०७७ बिहिबार ५:१८,

बैतडीमा बलात्कारको घटना गाउँमै मिलापत्र गरेको पाइएको छ। सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथी भएको बलात्कारको घटना एक तोला सुन दिने आश्वासनमा गाउँमै मिलापत्र गरेको पाइएको हो।

घटना गाउँमै मिलाउन पीडित किशोरीलाई ३० कात्तिकभित्र एक तोला सुन दिने सहमति भएको तमसुकमा उल्लेख छ। तमसुक अनुसार पीडक पक्षले सुन नदिएपछि घटना बाहिरिएको हो।

१४ असारमा स्थानीय दीपक सिंह धामीले धारामा पानी भर्ना जाँदा आफूमाथि बलात्कार गरेको किशोरीको आरोप छ । यद्यपी यो घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएर एक तोला सुन दिने भन्दै गाउँमै मिलापत्र गराएको खुलेको हो।

127256981 198223431774430 851584621930709094 n

अहिले पीडक पक्षले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी भएको छ। पीडित युवती आफन्तसहित बैतडी सदरमुकाम पुगेकी छन्।

तमसुकमा बलात्कार लेख्न नमिल्ने भन्दै झै–झगडा भनेर उल्लेख गरिएको युवतीको दाबी छ। पीडक दिपकसिंह धामीलाई गाउँलेले भारत भगाइसकेको पीडित पक्षको भनाई छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले घटना सम्बन्धी जानकारी पाइसकेको र उजुरी आएपछि अनुसन्धान घटनाको अनुसन्धान गरिने बताए। ‘पीडितलाई मैले जिल्ला बोलाएको छु। आज उजुरी दिने तयारी छ,’ डिएसपी अधिकारीले नेपालखबरसँग भने, ‘त्यसपछि घटनाको अनुसन्धान थालिने छ।’

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। ‘बलात्कारमा संलग्न र यस्तो जघन्य अपराध ढाकछोप गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइन्छ,’ एसएसपी सिंहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .