ad ad

राजनीति


विकास निर्माणको काममा राजनीति नगरौँ : मन्त्री मगर

विकास निर्माणको काममा राजनीति नगरौँ : मन्त्री मगर

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ५:४०,

खानेपानी मन्त्री बिना मगरले लैंगिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन्।

बुधबार पुनर्वास नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएकाी हुन्।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो। समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन्। चुनावका बेला गरेका प्रतिबद्धता अनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन्।

‘विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन’, उनले भनिन्, ‘विकास सबैका लागि हो। सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ।’

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .