सञ्चारकर्मीसँग घुस लिँदै गरेका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका एक अधिकृत एक लाख घुसरकमसहित अख्तियारको फन्दामा परेका छन्।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत (सातौं तह) राम अवतार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले एक लाख घुस लिँदै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो। उनलाई बबरमहलस्थित वन विभाग परिसरबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएका छ।
सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरेपश्चात कमिसन बापत घुस मागिरहेको सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका गुप्तालाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया