मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१४ बाँसपानी बेलौतीघारीमा दुर्घटना हुँदा गुराँस गाउँपालिका–५ की २७ वर्षीया मनिषा वङ्शीको मृत्यु भएको हो।
दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु५०प ८५५७ नं को मोटरसाइकलमा सवार वङ्शीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारीले दिए।
मोटरसाइकल चालक वङ्शीको अवस्था सामान्य छ। रासस
प्रतिक्रिया