ad ad

समाज


कक्षा १२ को नतिजा सार्वजनिक, आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण

नेपालखबर
साउन १३, २०७६ सोमबार १२:११,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा सार्वजनिक गरेको हो।

१२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस वर्ष परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८ हजार ६७ जना विद्यार्थी सहभागी भएका थिए।

सोमबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ ९ जना र आंशिकतर्फ १२ जना गरी कुल ५४ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। त्यस्तै परीक्षामा आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका छन्।

नियमिततर्फका कुल २ लाख ९२ हजार १ सय ५३ जनाको जीपीए यस्तो छ–

जीपीए                 कुल 
 ३.६१–४.००               ३,०६७ 
 ३.२१–३.६०               १६,२०४
 २.८१–३.२०               ३१,०६२
 २.४१–२.८०               ५६,५०३
 २.०१–२.४०

              ८६,२२७

१.६१–२.००               ६२,६१९
१.२१–१.६०               १९,५८५
०.८१–१.२०               ३,५२४
०–०.८०               १३,३६२

परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० मा एसएमएस गरी थाहा पाउन सकिने बताइएको छ। एनईबी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्दा नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .