मिंक फार्ममा काम गर्ने सयौं मानिसमा कोरोना देखिएपछि डेनमार्कका मिंकहरुमा परीक्षण गरिएको थियो। परीक्षणमा मिंकको शरीरमा कोरोना भाइरसको परिवर्तित रुप देखिएको थियो।
त्यस लगत्तै डेनमार्कले एक करोड ७० लाख मिंक मार्ने योजना ल्याएको थियो।
सामूहिक रुपमा मिंकलाई जलाएर साथै गाडेर मारियो पनि तर त्यहाँका विपक्षी सांसदहरुले यस कार्यको विरोध र आलोचना गरेपछि तत्कालको लागि मिंक मार्ने कार्य स्थगित गरिएको हो।
विपक्षीका अनुसार देशमा कुनैपनि आपतकालीन निर्णयगर्दा तीन चौथाई बहुमतको आवश्यकता हुन्छ। जुन डेनमार्कको सत्ताधारी पार्टीसँग छैन।
विपक्षीले मिंक मारिनुमा वैज्ञानिक कारण नभएको पनि बताएका छन्।
मिंकको रौंको कपडा बनाइन्छ। त्यसकारण यसलाई फार्ममै पाल्ने गरिएको छ।
मिंक र्फामहरुलाई यसअघि मिंक मारिएबापतको क्षतिपूर्ति प्रदान गरिने बताइएको छ। अबभने कोरोनाबाट संक्रमित भएका मिंकलाई मात्र मारिनेछ।
हालसम्म डेनमार्कले २५ लाख मिंक मारिसकेको छ। एजेन्सी
Shares
प्रतिक्रिया