ad ad

समाज


कोरोनाका कारण स्याङ्जाकी ५२ वर्षीया महिलाको निधन, गण्डकीमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

कोरोनाका कारण स्याङ्जाकी ५२ वर्षीया महिलाको निधन, गण्डकीमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

वाशुदेव मिश्र
असोज २८, २०७७ बुधबार ५:५८,

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

बुधबार बिहान पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नम्बर २ निवासी ५२ वर्षीया महिलाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४५ पुगेको हो।

गण्डकी अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनको बुधबार बिहान ९ः३४ बजे निधन भएको हो। असोज २६ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार हुँदै थियो। उनमा कोरोनाका अलवा अन्य विभिन्न रोगहरुे भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

यसअघि मंगलबार लमजुङ बेसीसहर–२ का ५६ वर्षीय पुरुषको पनि गण्डकी अस्पतालमा मृत्यु भएको थियो।

यता, गण्डकी स्वास्थ्य निर्देशनालयले तनहुँ जिल्ला भिमाद–६ का ७२ वर्षीय, ७५ वर्षीय र ९८ वर्षीय पुरुषको निधन भएको ढिलो गरि पुष्टि गरेको छ। उनीहरुको क्रमशः असोज १९ गते चितवन मेडिकल कलेज, २४ गते बीएन्डबी अस्पताल काठमाडौं, र असोज २४ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

कोरोनाका कारण जहाँ– जुन अस्पतालमा मृत्यु भए पनि त्यसको अन्तिम तथ्यांक प्रदेशले नै राख्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .