ad ad

समाज


२५ वर्षीय युवकसहित थप दुई संक्रमितको मृत्यु

२५ वर्षीय युवकसहित थप दुई संक्रमितको मृत्यु

नेपालखबर
असोज २८, २०७७ बुधबार ४:४२,

मोरङ र महोत्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।

उनमा यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी रहेका अस्पताल प्रशासनले जनाएको छ।

त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिकामा पनि एक संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा भर्ना गरिएको थियो।

उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा उनमाकोरोना पोजेटिभ देखिएको थियो। उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको छ। योसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .