ad ad

समाज


नेपाली सेनामा नेतृत्व संवाद सुरु : वफदारिता संस्थाप्रति कि व्यक्तिप्रति?

नेपाली सेनामा नेतृत्व संवाद सुरु : वफदारिता संस्थाप्रति कि व्यक्तिप्रति?

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १३:५२,

नेपाली सेनाले नेतृत्व बारे संवाद सुरु गरेको छ। शुक्रबारबाट सुरु भएको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यलय, विभाग, निर्देशनालय तथा ८ वटा पृतनाका पृतनापतिहरु एवं प्रधानसेनापति कार्यालयका स्टाफहरु सहभागी भएका छन्।

विगतका वर्षमा कमाण्डर, स्टाफ र फौजको बिचमा प्रत्यक्ष नेतृत्व संवाद गरिँदै आएकोमा कोरोना संक्रमणका कारण यस वर्ष भिडियो मार्फत कार्यक्रम सञ्चालन भएको जंगी अड्डाले जनाएको छ।

नेपाली सेनालाई पद्धती र प्रणालीमा आधारित सक्षम संगठनका रुपमा स्थापित गर्दै लैजान तथा नेतृत्व वर्गलाई देश र जनता, संगठन, मातहतका फौज र आफ्नो कर्तव्य प्रति जिम्मेवार बनाउँदै लैजान यो कार्यक्रम गरिँदै आएको छ। कार्यक्रम २०५८ सालदेखि सुरु भएको हो।

यस वर्षको संवादको मूल सन्देश ‘सिपाहीको योगदानः राष्ट्र र राष्ट्रवासीको उत्थान’ विषयमा तीन शिर्षकमा संवाद हुँदैछ।

सैनिक तालिम वृत्ति विकास÷पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि? योगदान र प्रतिफल कुन बढी महत्वपुर्ण, मैले नेपाली सेनालाई के दिएँ कि, नेपाली सेनाले मलाई के दियो? व्यक्तिगत र व्यवसायिक सम्बन्धः कर्तव्यपरायणता र वफदारिता संस्थाप्रति कि व्यक्तिप्रति? जस्ता तीन विषयमा सेनाले वहस थालेको हो।

अहिले प्रधानसेनापतिले माथिल्लो तहमा सुरु गरेको संवाद सहभागीहरुले मातहतका कार्यालयमा गर्दै जाने र चैतसम्ममा सबै सेनामा गरिसक्ने सेनाको योजना छ।

यस्ता संवादले संगठनको हित विपरितका विकृति र विसंगतिहरु हटाउँदै सैनीक आचरण र अनुशासन, मूल्यमान्यता र नैतिकतामा थप विकास गर्ने सेनाको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .