ad ad

समाज


पोखरामा सुपर मार्केट छिर्‍यो कोरोना, भाटभटेनीका कर्मचारीमा संक्रमण पुष्टि

पोखरामा सुपर मार्केट छिर्‍यो कोरोना, भाटभटेनीका कर्मचारीमा संक्रमण पुष्टि

वाशुदेव मिश्र
असोज ९, २०७७ शुक्रबार १३:४५,

तथ्य भन्छ, गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको पोखरामै हो। पोखरामा शुक्रबार साँझसम्म ४७१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमा पनि शुक्रबार पोखरामा व्यस्त सपिङ सेण्टरकै कर्मचारीमा कोरोना पुष्टि भएपछि झन त्रास बढेको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार यहाँको न्यूरोडमा रहेको भाटभटेनी सुपर मार्केटका एकजना २४ वर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको हो। गण्डकी मेडिकल कलेजमा संकलित स्वाब परीक्षणको लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा उनमा संक्रमण पुष्टि भएको हो।

भाटभटेनी यहाँको व्यस्तमध्येको एक सुपरमार्केट हो। लकडाउनमा पनि खुल्ला रहेको यो बजारमै कोरोना पसेसँगै कास्कीमा थप १७ जनामा संक्रमण भेटिएको छ।

पछिल्लो २४ घण्टामा गण्डकीको नवलपरासीमा ९,लमजुङमा ३,गोरखामा १२ जना गरि कुल ४१ जनामा संक्रमण भेटिएको हो।

हालसम्म गण्डकीमा ३६४५ जनामा संक्रमण देखिएकोमा २४९८ जना निको भएका छन्। गण्डकीमा हाल १११४ सक्रिय संक्रमित छन्। कोरोनाबाट गण्डकीमा ३३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .