ad ad

समाज


डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

प्रविन कोइराला
असोज ९, २०७७ शुक्रबार १२:५७,

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

सयौंको संख्यामा जम्मा भएका युवाहरुले केसीको माग पुरा गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। त्यसक्रममा उनीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड र डा. केसीसँग सरकारले यसअघि गरेका सम्झौताको प्रति प्रदर्शन गरेका थिए।

डा. केसीले जुम्लाकाे बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औँ अनसन थालेका हुन्।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अनशनको नवौँ दिन नेपालगञ्ज हुँदै काठामाडौँ ल्याईएको थियो। त्यस क्रममा उनलाई प्रहरीले जवर्जस्ती वीर अस्पतालस्थित ट्रमा सेन्टरमा पुर्याएको भएपनि हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनको जीवनरक्षाका लागि विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुले आवाज उठाइरहेका छन्।

kc-samarthan7_1.jpg

kc-samarthan6_1.jpg

kc-samarthan10_1.jpg

kc-samarthan11_1.jpg

kc-samarthan12_1.jpg

kc-samarthan5.jpg

kc-samarthan4.jpg

kc-samarthan3.jpg

kc-samarthan1.jpg

kc-samarthan.jpg

kc-samarthan8.jpg

kc-samarthan7.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .