ad ad

समाज


बीबीसीलाई अनुदान दिन बन्द गरौं भन्ने आवाज उठ्न थाल्यो बेलायतमा

बीबीसीलाई अनुदान दिन बन्द गरौं भन्ने आवाज उठ्न थाल्यो बेलायतमा

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:५४,

बेलायतका परम्परावादी समुहहरुले बीबीसीलाई प्रदान गर्दै आएको अनुदान रकम बन्द गरिनुपर्ने आवाज उठाएका हुन्।

यस समूहले हालै बेलायतमा ‘काला जातिको जीवनले पनि अर्थ राख्छ’ भन्दै विभिन्न अभियानहरु संचालन गरेका थिए।

युनिभर्सिटी अफ ग्लास गोका विद्यार्थी तथा परम्परावादी समुहका अभियन्ता जेम्स युसेलका अनुसार बीबीसीका समाचारमा ‘निष्पक्षता’ गुमेको देखिएको छ।

बेलायतमा बीबीसी टेलिभिजन हेर्नेले लाइसेन्स शुल्क अन्तर्गत १५८ पाउन्ड तिर्नुपर्छ। यस समुहले लाइसेन्स शुल्क तिर्न नपर्ने र नतिर्दा यस विषयलाई अपराधिकरण गर्न नहुने माग उठाउँदै आएका छन्।

बेलायत सरकार नै बीबीसी निष्पक्ष छ या छैन् भन्नेमा दोधारमा रहेको यस समूहको भनाइ छ। यतिबेला बीबीसीलाई अनुदान दिन बन्द गरौं भन्ने अभियान अन्तर्गत वेबसाइट नै खोलिएको छ।

उक्त वेबसाइटको नाम डिफन्डबीबीसी हो। हाल बीबीसी विश्वमै ठूलो संचारमाध्यम मध्येको एक हो।

बीबीसीको रेडियो तथा अनलाईन माध्यम विश्वका विभिन्न क्षेत्र र भाषामा क्षेत्रीय प्रशारकको रुपमा संचालन हुँदै आएका छन्। बेलायत सरकारले टेलिभिजन, अनलाईन र रेडियो सेवालाई अनुदान दिन संसदबाट स्वीकृति प्राप्त गरेको छ।

सरकारले बीबीसी टेलिभिजन लाइन्सेस शुल्क अन्तर्गत बेलायतका परिवार, कम्पनी र संस्थाहरुबाट पैसा उठाउँदै आएको छ। इकोनमिस्ट डटकम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .