ad ad

समाज


ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख महर्जन र उनकी पत्नीलाई कोरोना संक्रमण

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख महर्जन र उनकी पत्नीलाई कोरोना संक्रमण

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:४८,

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी श्रीमती गंगामायालाई कोरोना संक्रमण पुष्टि भएको छ।

यही असोज ६ गते उनीहरुले स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

हाल आफूँहरु होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए।

उनले भने, ‘मसँग सम्पर्कमा रहेर शंका लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु।’

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी श्रीमती दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना संक्रमण पुष्टिसहित नतिजा आएको छ। उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहे श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .