ad ad

राजनीति


नागार्जुन आइसोलेसन सेन्टरको अनुगमनपछि नारायणकाजीले भने : थप व्यवस्थित बनाउन पहल गर्छु

नागार्जुन आइसोलेसन सेन्टरको अनुगमनपछि नारायणकाजीले भने : थप व्यवस्थित बनाउन पहल गर्छु

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १३:१४,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन्।

 शुक्रबार प्रवक्ता श्रेष्ठसहित शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराज गेलाल, स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह ,सर्बांग अस्पतालको व्यवस्थापन टिम ,वडाका जन प्रतिनिधि र कोभिड भोलेन्टियर्स टिमको अनुगमनपछि प्रवक्ता श्रेष्ठले आइसोलेसनमा देखिएको समस्या समधानका लागि आफूले पहल गर्ने बताएका हुन्।

शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ। सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको भन्दै स्थानीयवासीको गुनासो सुनेपछि प्रवक्ता श्रेष्ठले आफूले सरकारलाई आवश्यक जानकारी गराउने र समस्या समाधानका लागि पहल गर्ने बताएका हुन्।

स्थानीयवासीले ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा समस्या परेको प्रवक्ता श्रेष्ठसमक्ष गुनासो गरेका थिए। स्थानीयको गुनासो सम्बोधनका लागि आफूले सरकारी विकास मन्त्रालयलाई आवश्यक ध्यानाकर्षण गराउने बताएका थिए।

प्रवक्ता श्रेष्ठले शहरी विकास तथा भवन निर्माण विभागका गेलाललाई स्थानीयवासीको मागअनुसार समस्याको समाधान गर्न आग्रह गरे। महानिर्देशक गेलालले समस्या समाधानका लागि विभागका तर्फबाट आजैदेखि काम शुरु हुने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहले आइसोलेसन सेन्टरलाई स्वास्थ्य मापदण्डअनुसार नै सञ्चालन गरिएको र केही कमीकमजोरी भएको भए सुधार गर्दै थप व्यवस्थित गरिने बताए।

सो आइसोलेसन सेन्टरमा ५८० शय्याका लागि स्वीकृति दिइएको भए पनि हाल ३५८ जना कोरोना संक्रमित रहेका छन्।

राष्ट्रियसभाका सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो दिनमा कोरोनाबाट प्रभावित नागरिकलाई सहजरुपमा सेवा पु¥याउने लक्ष्यका साथ स्वयंसेवक अभियानसमेत सञ्चालन गर्दै आएका छन्। उनले पीसीआर परीक्षणमा सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वास्थ्योपचारका लागिसमेत सहजीकरण गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .